इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिकै सुख्खा पहिरो खसेको छ। पहिरोका कारण निर्माणाधीन भेडेटार रवि राँकेको भेडेटार नाम्जेखण्ड अवरुद्ध भएको छ।
शुक्रवार बिहानबाट निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गतको भेडेटार नाम्जेको बिचमा रहेको थुम्कीमा सुख्खा पहिरो खस्न सुरु गरेको थियो। पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। सडकमा निरन्तर सुख्खा पहिरो खसिरहेको छ।
प्रहरी टोलीले सडक निर्माण गरिरहेको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ। यद्यपी निरन्तरको पहिरोले समस्या भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।



























Discussion about this post