इटहरी । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एक कैदी पक्राउ परेका छन्।अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी दोलखाको गौरिशंकर गाउँपालिका–७ बस्ने वर्ष अन्दाजी ३९ को रुद्र बहादुर खत्री खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ भुङजुडाँडामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
छोरीको घरमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।उनलाई खोटाङ कारागारमा बुझाइने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।




























Discussion about this post