इटहरी। सुनसरीको इटहरी–६, आइतबारेस्थित सब्जी मण्डीमा विद्युत सर्ट भई आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट भएका छन्।स्थानीयका अनुसार मंगलबार बिहान करिब ४ बजे स्थानीय एक मासु पसलमा विद्युत सर्ट भई आगलागी सुरु भएको हो।
आगलागीबाट २ वटा मासु पसल, २ वटा सब्जी पसल र १ वटा खाजा घर पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। आगलागीबाट जम्मा ८ लाखकाे क्षती अनुमान गरिएकाे छ ।




























Discussion about this post