इटहरी । कोशी प्रदेश नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।ग्रामथान–५ कखरमारीमा विराटचोक जाँदै गरेको को ९ प ७५ नम्बरको सेतो नम्बर प्लेटको सो गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
पूर्वमन्त्री समेत रहेका नेता आङ्बो भने उक्त गाडीमा सवार थिएनन् । गाडी गम्भीरमान मगरातीले चलाएका थिए । उनी आङ्बोका स्वकीय सचिव हुन् ।




























Discussion about this post