इटहरी । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए। ‘उहाँलाई भर्खरै पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरियो’, आइतबार दिउँसो उनले भने।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।



























Discussion about this post