दमक । नेकपा (एमाले) ले संविधानको संरक्षण र संसद पुनर्स्थापनाको माग गर्दै शनिबार झापाको दमकमा भव्य मोटरसाइकल र्याली आयोजना गरेको छ।वर्षासँगै परेको अविरल पानीको पर्वाह नगरी र्यालीमा एमालेका जनसंगठन, कार्यकर्ता, युवा, महिला र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
एमाले दमक नगर कमिटीको आयोजनामा भएको उक्त र्यालीमा पार्टीका २३ वटा जनसंगठनहरूको सहभागिता रहेको थियो। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकबाट सुरु गरिएको र्याली दमक-५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरबाट सुरु भई सेतुमारी हाइवे, पखेटेचोक, आम्दा रोड, मदन डाँगी सडक र फागुनन्द चोक हुँदै गणतन्त्र चोकमा कोणसभामा परिणत भएको थियो।
बंगालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभावसहित भइरहेको वर्षाका बीच पनि ठूलो संख्यामा कार्यकर्ताको सहभागिता रहेको आयोजकहरूले बताएका छन्।दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले हालको राजनीतिक परिस्थितिलाई देशका लागि खतराको रूपमा व्याख्या गर्दै संसद् पुनर्स्थापना गरेर मात्र मुलुकलाई सही दिशामा लैजान सकिने बताए। उनका अनुसार, यो र्यालीले जनआन्दोलनको भावना र संविधानको संरक्षणको मागलाई संकेत गरेको छ।
कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटीका सदस्य सुशिल राईले देशमा शान्ति–सुरक्षा कमजोर भएको, कैदीबन्दी फरार रहेको र लुटिएका हतियार अझै नफर्केको बताए। उनले अहिलेको शुशिला कार्की नेतृत्वको सरकारले निष्पक्ष वातावरण तयार गरे एमाले चुनावबाट कहिल्यै नभाग्ने स्पष्ट पारे।



























Discussion about this post