इटहरी । समाजसेवा र सञ्चार क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएकी माया घर नेपालकी केन्द्रीय अध्यक्ष तथा सञ्चारकर्मी सुभद्रा प्याकुरेललाई दाहाल प्रतिष्ठान मोरङ, विराटनगरद्वारा ‘स्वर्गीय विद्यादेवी–बाबुराम–सरस्वती दाहाल सामाजिक सम्मान २०८२’ प्रदान गरिएको छ।
प्रतिष्ठानले एक समारोहका बीच प्याकुरेललाई रु २५ हजार नगद, सम्मानपत्र र दोशल्ला ओढाएर सम्मान गरेको हो। उहा लामो समयदेखि सडक मानव उद्धार, महिला तथा बालबालिका संरक्षण, र अन्य सामाजिक क्षेत्रमा माया घर नेपालमार्फत क्रियाशील रहदै आउनुभएकाे छ ।
सम्मान समारोहमा बोल्दै दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहालले स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषको तर्फबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गरिने जानकारी दिनुभयाे ।
अध्यक्ष प्याकुरेलले सम्मानप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले सामाजिक कार्यमा थप ऊर्जा र प्रेरणा मिल्ने बताउदै सामाजिक उत्तरदायित्व अझ सशक्त रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सोही कार्यक्रममा पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, गायक सुमित खड्का लगायतका व्यक्तित्वहरूलाई पनि पत्रकारिता तथा सांगीतिक माध्यमबाट समाज परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रम दाहाल प्रतिष्ठान मोरङ, विराटनगरका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।































Discussion about this post