इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको आरोप लगाएका छन् ।प्रधानमन्त्रीको आकांक्षी मेयर साम्पाङले जेनजीका माग पूरा गर्न आफू तयार रहेको पनि दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘ सुशीला जी‘ तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन, राजीनामा दिनुस्, म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर !’ नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।




























Discussion about this post