इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि बजार बन्द गरिएको छ।इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी तनावग्रस्त बनेको हो । दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ ।
जोगमनी सिमाना पुगेका धेरै नेपाली उपभोक्ताहरू फर्किएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमका कारण नेपालतर्फको सीमा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिए ।
वर्तमानमा जोगबनीमा नाराबाजी भइरहेका छन् र ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ। यसले चाडपर्वमा नेपालीहरूको किनमेल प्रभावित भएको छ।




























Discussion about this post