झापा । झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–७ खालबाडीका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट घोप्टो अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीबाट रुपेश राईको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।मृतक पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




























Discussion about this post