इटहरी । इटहरीमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेपछि आक्रोशित बनेका जेन–जीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालय कब्जामा लिएका छन्। उपमहानगरपालिका अगाडि भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा नारा लगाउँदै मुख्य चोक परिक्रमा गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न हवाई फायर र अश्रुग्यास प्रहार गरेपछि भिड झन् आक्रोशित बन्दै नियन्त्रणबाट बाहिरिएको थियो। आक्रोशित भिडले इटहरी उपमहानगरपालिका अगाडिको बहुउद्देश्यीय सहकारी भवनमा तोडफोड मच्चाएका छन् भने इटहरी उपमहानगरपालिकाभित्र पसेर कुर्सी, टेबुल र सबै सवारी साधनहरू नियन्त्रणमा लिएर नाराबाजी गरिरहेका छन्। सयौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरू एकैसाथ उपमहानगरमा पसेपछि कर्मचारीदेखि नगर प्रहरीसम्म सबै कार्यालय छाडेर भागेका थिए।




























Discussion about this post