इटहरी । सुनसरीकाे इटहरीमा १०८ शिवलिंग स्थापना गरिने भएकाे छ । इटहरी २ हवाइचाैक स्थित माया घर छेउकाे सुकल्प सामुदायिक भवन आसपास १०८ शिवलिंग स्थापना गरिने भएकाे हो । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काेशी प्रदेश कार्यालय इटहरीको सङ्कल्पमा सो शिवलिंग निर्माण गरिने भएकाे हो ।
निर्माण समितिका संयोजक बाबुराम सुवेदीका अनुसार भदौ १९ गते बिहीबार बिहान ७ बजे काेशी प्रदेशका विशिष्ट ब्याक्ति,बुद्धिजीवी ,जनप्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा १०८ शिवलिंगकाे यस अघि नै भूमि पूजन भइसकेकाे स्थानमा शिलान्यास गरिने छ । केन्द्रले चतुर्मास कथा, ध्यान र योगमार्फत जीवनदर्शन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चतुर्मास कार्यक्रम हरिशयनी एकादशी (असार २२) देखि हरिबोधिनी एकादशी (कात्तिक १५) सम्म सञ्चालन हुनेछ। यस अवधिमा धार्मिक ग्रन्थ पाठ, ध्यान, योग, सत्सङ्ग, सांस्कृतिक प्रस्तुति लगायतका दैनिक कार्यक्रमहरू गरिने जानकारी दिइएको छ। सोही बिच १०८ शिवलिंग स्थापना गरी प्राण प्रतिष्ठा समेत गर्ने तयारी रहेको छ ।
कार्तिक १७ गते देखि १९ सम्म स्थापित शिवलिंगकाे प्राण प्रतिष्ठा गरिने छ भने कार्तिक १४ देखि २१ गते सम्म चतुरमासकाे समापनको अवसरमा श्री मद भागवत ज्ञान महायज्ञ सप्ताराेहण शिव महिमा सहितको जीवन दर्शन कार्यक्रम गरिने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काेशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले बत्ताउनुभयो ।




























Discussion about this post