इटहरी । सरकारले फेरि सवारीसाधनबाट सडक प्रयोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी थालेको छ। सडक बोर्डले यस पटक कार्यको सुरुआत पश्चिम नेपालबाट गरिने बताएको छ। पहिलो चरणमा भैरहवा–भूमही सडकबाट दस्तुर संकलन सुरु गरिनेछ। कोरोना महामारीअघि उठाइँदै आएको दस्तुर अब २०–२५ प्रतिशतले वृद्धि गरेर तिर्नुपर्नेछ। यद्यपि मोटरसाइकलहरूबाट भने टोल नलिने निर्णय गरिएको छ।
नेपाल यातायात व्यवसायी महासंघले टोल ट्याक्स बढेपछि गाडी भाडा पनि बढ्ने स्पष्ट पारेको छ। तर सरकारी पक्षले राम्रो सडक सुविधा दिइने भएकाले भाडा नबढ्ने दाबी गरेको छ। हालसम्म १५ वटा सडकमा टोल लाग्दै आएकोमा, अब ७ थपिने गरी २२ वटा सडकमा दस्तुर लागू गरिनेछ।थप गरिएका सडकहरूमा मुग्लिन–पोखरा, बुटवल–लमही, धुलिखेल–तातोपानी लगायतका मुख्य राजमार्ग समावेश छन्।
‘कोशी प्रदेशको इटहरीमा, मधेशको पथलैयामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरानजिक पृथ्वी राजमार्गमा आरएफआईडी गेट राखिने छ।’ टोल संकलनको पारदर्शिता सुनिश्चित गर्न अब RFID गेट प्रणाली लागू गरिनेछ, जसअन्तर्गत सबै प्रदेशका मुख्य प्रवेशबिन्दुमा डिजिटल प्रणालीबाट टोल संकलन गरिने योजना छ।



























Discussion about this post