इटहरी । राष्ट्रिय गीत “सयौं थुँगा फूलका” का सर्जक व्याकुल माईलाको नाम दुरुपयोग गर्दै ठगी गर्दै हिँड्दै आएका नक्कली व्याकुल माईला उर्फ मिलन राई इटहरीबाट पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिकामा व्याकुल माईलाका नाममा प्रकाशित पुस्तकको भुक्तानी लिन पुगेका राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उदयपुरका मिलन राई यसअघि पनि यस्तै कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उनले राष्ट्रपति कार्यालयदेखि सभामुखसम्म आफू नै वास्तविक व्याकुल माईला भएको भन्दै निवेदन दिएका थिए।
प्रदीपकुमार राई (साँचो व्याकुल माईला) ले मिलन राईको कार्यबाट ७–८ वर्षदेखि पीडित भएको बताउँदै कानुनी कारबाहीको माग गरेका छन्।
मिलन राईले हालै कोसी प्रदेशका विभिन्न स्थानीय तह र विद्यालयहरूमा पुस्तक बिक्री गरी ठगी गर्दै आएको जानकारी प्रहरीले दिएको छ। अब उनलाई इनरुवा लगेर म्याद थप गरिसकेकाे बताइएको छ।




























Discussion about this post