इटहरी । सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी एक महिलालाई बलात्कार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापति पक्राउ परेका छन्।
रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौँको वनस्थलीबाट पक्राउ गरेर सोलुखुम्बु लगेको हो। लिखुपिके-२ निवासी बस्नेतले २०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप छ।
आफूविरुद्ध उजुरी परेपछि फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए। बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



























Discussion about this post