इटहरी । २०८४ मा साेचे भन्दा राम्राे नतीजा ल्याउने अपेक्षा सहित जनता माझ बलीयाे पकड बनाउदै गएकाे राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीमा भने भद्रगाेल बनेकाे छ । पार्टीभित्र आन्तरिक कलह र चरम गुटबन्धी बढदै गएपछि बिवाद छताछुल्ल हुदै राजीनामा सम्म पुगेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका निलम्बीत अध्यक्ष जिवन कुमार श्रेष्ठ र कोषाध्यक्ष देवराज अधिकारीले पदबाट राजिनामा दिएका छन । निलम्बित जिल्ला सभापती श्रेष्ठले राजीनामा दिएको ८ घण्टा पछि कोषाध्यक्ष अधिकारीले पनि पदबाट राजीनामा दिएका हुन । पार्टीभित्र चरम गुटबन्धी , हेपुवा प्रविती , तानासाह ,एकलौटी अधिकार लाद्न खोजेको आरोप लगाउदै दुवैजनाले एकैदिन राजिनामा बुझाएका हुन ।
पार्टिका कार्यवाहक अध्यक्ष डिपी अर्याललाई सम्बोधन गर्दै दुवेजनाले आ आफ्नो पदबाट आइतबार राजिनामा दिएको उल्लेख गरेका छन । बिगत एक वर्ष देखि सुनसरी लगायत जिल्लाका स्थानिय निकायहरूमा पार्टि भित्र आन्तरिक किचलो र विवाद छताछुल्ल हुदै आएको छ । जिल्ला तथा स्थानिय तहको आन्तरिक विवादमा पार्टि भित्रकै माथिल्लो तहका नेताहरूले ठाडो हस्तक्षेप गरेपछि विवाद मच्चिएको कोषाध्यक्षबाट राजिनामा बुझाएका देवराज अधिकारीले बताए ।
राजीनामा बुझाएका जिवन कुमार श्रेष्ठका अनुसार पार्टि भित्रको खराब कुराहरू औल्याउदा उल्टै आफुमाथी कार्वाहि भएको र जिल्ला सभापतिबाट अन्यायपुर्वक हटाएको बताए । श्रेष्ठले पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाको बदमासिबारे खुलेरै बिरोध गरेका थिए । जनता स्कुलको जग्गा भाडामा लिएर लाखौ रकम अपचलन देखि आन्तरिक विवादमा ठाडो हस्तक्षेप सम्म महामन्त्री थापा संलग्न भएको प्रमाणहरू बाहिरिएपछि श्रेष्ठले बिरोध गर्दै उनलाइ तत्काल पार्टिबाट निलम्बन गर्नुपर्ने जस्ता माग राख्दै आएका थिए ।
नगरमा पनि भद्रगोल
महामन्त्री थापाकै कारण इटहरी उपमहानगर कमिटि गत महिना दिन देखि समेत भद्रगोल बनेको छ । नगर सभापती विष्णु बस्नेतलाइ पदबाट निलम्बन गरेपछि नगरमा बिवाद चुलिएको थियो । उक्त विवाद अहिले जिल्ला , प्रदेश र केन्द्र हुदै अदालत सम्म पुगेको छ । रास्वपा केन्द्रीय कार्यालयले नगरकालागि साउन १० गते अधिवेसन तोकेको थियो । निलम्बित नगर सभापती बस्नेतले उच्च अदालत बिराटनरमा मुद्धा दायर गरेपछि तत्काललाइ अधिवेसन स्थकित भएको थियो ।
उच्चले दुवैपक्षलाइ छलफलमा बोलाएर बिवाद टुंग्याउन साउन १२ गते पेशी तोकी अधिवेसन गर्ने बाटो खोलेको थियो । सोही अनुरूप साउन १७ गते पार्टिका केन्द्रीय नेता हरि ढकाल र कोशी इञ्चार्ज तथा सचेतक सन्तोष परियारको उपस्थितीमा नगर अधिवेसन सम्पन्न भएपनि चित्त बुज्दो नेतृत्व नपाएको भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको छ । यता जिल्लामा दुइ नेताले राजीनामा दिएपछि पार्टिभित्र अझैपनि आन्तरिक बिवाद साम्य नभएको प्रस्ट देखिएको छ ।



























Discussion about this post