इटहरी । सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति एक जना वृद्धको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको हाे ।
आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजे अचानक करेन्ट लागेको र घटनास्थलमै उनकाे मृत्यु भएको इटहरी प्रहरीले जानकारी दिएकाे छ ।




























Discussion about this post