इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा पर्ने ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो खोलामा नुहाउने क्रममा उनीहरू डुबेका थिए।
वर्षाका कारण खोलाको पानीको सतह उकासिएपछि इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बू नुहाउने क्रममा खोलामा डुबेका थिए।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, दुवै बालकलाई तत्कालै उद्धार गरी मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैबीच, झापाको कमल खोलामा पनि एक वृद्धको शव फेला परेको छ। आइतबार दिउँसो झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनी ८० वर्षीय प्रभाखर पोखरेलको शव भेटिएको हो। प्रहरीका अनुसार उनी शिवसताक्षी नगरपालिका–१ का बासिन्दा थिए।



























Discussion about this post