इटहरी । धरान उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन्। श्रेष्ठले १ हजार ६ सय ५ मत प्राप्त गर्दै शिवराज श्रेष्ठलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६ सय ४७ मत मात्र प्राप्त गरे। श्रेष्ठले ९ सय ५८ मतको फराकिलो अन्तरले विजयी भएका हुन्।
अन्य विजयी उम्मेदवारहरू यस प्रकार छन्:
उद्योग सदस्यतर्फ —
कृष्ण प्रसाद पाठकले ४ सय ८१,
प्रभाव खतिवडाले ५ सय ३,
विष्णु बरालले ५ सय ५०,
र महेन्द्र प्रधानले ५ सय ४६ मत प्राप्त गर्दै विजयी भएका छन्।
त्यसै पदमा प्रतिस्पर्धा गरेका उमेश अग्रवालले २ सय १३, खड्ग बहादुर बस्नेत (राजु)ले २ सय १६, र शिवानन्द साहले २ सय ६१ मत मात्र प्राप्त गरे।
वाणिज्य महिला सदस्यतर्फ —
वर्षा अग्रवाल श्रेष्ठ ८ सय ८० मतसहित विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४ सय ५३ मत प्राप्त गरिन्।
एसोसिएट सदस्यतर्फ —
गोपाल श्रेष्ठ प्यानलका ललित अग्रवाल १ सय १७ मतसहित विजयी भएका छन्।
शिवराज श्रेष्ठ प्यानलका राजु साहले ७५, र राजेश अग्रवालले ८० मत प्राप्त गरेका छन्।
यसै पदमा गोपाल श्रेष्ठ प्यानलका अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत प्राप्त गरे।
यस निर्वाचनमा केही उम्मेदवारहरू निर्विरोध निर्वाचित पनि भएका छन्।
उद्योग महिला सदस्यतर्फ मिना राई (मगर) र
बस्तुगत सदस्यतर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका हुन्।



























Discussion about this post