इटहरी । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन र प्रक्रिया निर्माण आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा उनले ‘स्टन्ट’ र चटक देखाएर सुधार सम्भव नहुने स्पष्ट पारे ।
सार्वजनिक संस्थामा हुने आर्थिक कारोबार पारदर्शी बनाउन जादु वा स्टन्ट देखाएर नभई ठोस कानुनी व्यवस्था र स्पष्ट प्रक्रिया आवश्यक पर्ने उनको भनाइ छ। कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने विश्वासमा आधारित पार्टी भएको उनले उल्लेख गरे ।
विश्वविद्यालय तथा संवैधानिक निकायमा हुँदै आएको भागबन्डाको अन्त्य गरिने जिकिर गर्दै थापाले निजामती कर्मचारीमा हुने राजनीतिकरण पनि बन्द गरिने बताए । सुधार र सुशासनमार्फत परिणाम दिन कांग्रेस प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले त्यसका लागि आवश्यक योजना बनाइसकेको जानकारी दिए।
‘… जादु गर्छु, चटक गर्छु, डन्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन। सिस्टम बनाउनुपर्नेछ। ठीक कानुनहरू बनाउनुपर्नेछ, प्रक्रियाहरू बनाउनुपर्नेछ। कांग्रेस यो सिस्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरू बनाउने कुरामा विश्वास गर्छ… यो कांग्रेसको सङ्कल्प हो।’ उनले भने ।


























Discussion about this post