इटहरी । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा समावेशी विकास, इमानदार राजनीति र दिगो भविष्यको स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेस युवा नेता सुजेन्द्र गाेले तामाङकाे चर्चा चुलिदाे छ । यो क्षेत्रलाई केवल निर्वाचन क्षेत्रका रूपमा नभई सम्भावना, संघर्ष र साझा सपनाको प्रतीकका रूपमा व्याख्या गर्दै आफ्नो उम्मेदवारी स्वार्थका लागि नभइ सेवाका लागि भएको उम्मेद्वार गाेलेले बताएका छन्।
उनका अनुसार सुनसरी–१ का किसान, मजदुर, युवा, महिला र व्यवसायीका समस्या गम्भीर छन्, तर ती आवाज संसदसम्म पुग्न सकेका छैनन्। जनताको वास्तविक आवाज बनेर संसदमा दृढताका साथ उठ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
विकासका अधुरा एजेन्डातर्फ ध्यानाकर्षण गराउँदै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अपूरा रहेको उल्लेख गर्दै संसदमा याे आवाज पुर्याउनकै लागि भएपनि आफ्नाे उम्मेद्वारी रहेकाे उल्ेख गरेका छन । साथै बनाइएका बिकाशका अनेकाै योजनाहरू कागजमा सीमित नराखी प्रत्यक्ष रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता सहित उम्मेदवारको दाबी गरिएकाे गाेले बताउछन ।
युवालाई विदेश पलायन होइन, आफ्नै गाउँ–शहरमा सम्भावना देखाउने नीति आफ्नो प्राथमिकता भएको भन्दै रोजगारी सिर्जना र सीप विकासबिनाको समृद्धि असम्भव रहेको उनको भनाइ छ। इमानदार र जवाफदेही राजनीतिक संस्कार स्थापनाका लागि भ्रष्टाचार, पहुँचवाद र अहंकारविरुद्ध स्पष्ट अडान आवश्यक रहेको उल्लेख गर्दै यही कारणले आफ्नो उम्मेदवारी आवश्यक भएको उनले बताएका छन्।
साथै, सुनसरी–१ को ऐतिहासिक, सांस्कृतिक र आर्थिक महत्वलाई राष्ट्रिय प्राथमिकतामा राखी क्षेत्रको पहिचान र सम्मान अभिवृद्धि गर्न सक्षम प्रतिनिधित्वको खाँचो रहेको उनको भनाइ छ। उम्मेदवारले आफू कुनै पदको लोभमा नभई परिवर्तनको संकल्पसहित अघि बढेको स्पष्ट पार्दै सुनसरी–१ लाई सुन्ने, बुझ्ने र अधिकारका लागि निरन्तर लड्ने प्रतिनिधि चाहिएको बताएका छन्। उनले रुख चिन्हमा मतदान गरी सुन्दर भविष्य निर्माण गर्न मतदातासमक्ष अपिल गरेका छन्।



























Discussion about this post