झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तामझामसहित मनोनयन दर्ता गर्ने तयारी गरेको छ।झापा ५ मा निर्वाचन परिचालनको कमान्ड सम्हालिरहेका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार माघ ६ गते हुने मनोनयन दर्ता कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको छ।
मनोनयन दर्ताका क्रममा रास्वपाले स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी दर्ताको तयारी गरेको छ।त्यसक्रममा पञ्चेबाजा, धिमालहरूको सांस्कृतिक टोली, राई(लिम्बू र सन्थाल समुदायका झाँकी प्रदर्शन हुनेछन्।यसका लागि दमक, कमल, गौरादह र गौरीगञ्ज गरी चारवटा पालिकाबाट सांस्कृतिक टोलीहरू सहभागी गराउने योजना बनाइएको रास्वपाले जनाएको छ।
रास्वपाका दमक क्षेत्रमा मात्रै करिब ३ हजार सङ्गठित सदस्य रहेको दाबी सो पार्टीको छ।मनोनयनका दिन पार्टीका सङ्गठित सदस्यका साथै स्वतन्त्र रूपमा आउने शुभचिन्तकहरूको ठूलो सङ्ख्या सहभागी हुने अपेक्षा गरिएको रास्वपा झापाका सभापति प्रकाश पाठकले बताए।



























Discussion about this post