इटहरी । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कुनै पनि तहका बहाल जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस नगर्ने निर्णय गरेको छ।केन्द्रीय कार्यालयले उम्मेदवार सिफारिस मापदण्ड प्रष्ट्याउँदै समितिहरूलाई पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा कार्यरत जनप्रतिनिधिलाई सिफारिसमा नसमावेश गर्न निर्देशन दिएको छ।
‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।’
यसअघि १० बुँदे मापदण्डसहित पठाइएको परिपत्रमा ०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सिफारिस गर्न नपाइने उल्लेख थियो ।यस्तै, २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकबाट निर्वाचित व्यक्तिहरू साथै प्रदेश सभा सदस्य निर्वाचन-२०७९ का समानुपातिक बन्द सूचीमा परेका व्यक्तिहरूलाई समेत कांग्रेसले आगामी चुनावमा उम्मेदवार बन्न रोक लगाएको छ।



























Discussion about this post