इटहरी । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट भट्टराईले राजीनामा घोषणा गरेका हुन्।बुधबारको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष भट्टराईले पद त्याग गरेको घोषणा गर्दै विशेष महाधिवेशन आयोजक कमिटि गठनका लागि प्रस्ताव गरेका छन् ।
स्रोतका अनुसार पार्टीको दोस्रो वरियतामा रहेकी दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन गर्ने आयोजक कमिटी बनाउनको लागि छलफल भइरहेको छ ।जेनजी पुस्ताले गरेको आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तनको माग गरेको थियो। सोहीअनुसार पदबाट राजीना दिएको विशेष विस्तारित बैठकमा भट्टराई बताएका थिए ।



























Discussion about this post