इटहरी डेस्क । जेनजी आन्दोलनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कार्यकर्तामाझ देखिएका छन् । जेन–जी विद्रोहपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक सुरक्षामा रहेका ओली पछिल्लो सातादेखि भक्तपुरको गुण्डुस्थित डेरामा सरेका छन् ।
उनले त्यहाँबाट पार्टी नेताकार्यकर्तासँगको भेटघाट सुरु गरेका हुन् । गुण्डुमा सरेको भोलिपल्टदेखि एमालेका केन्द्रीय पदाधिकारीलाई एक्ला एक्लै भेट्दै आएका ओलीले मंगलबार कार्यकर्ताहरूसँग भेटघाट गरेका हुन् । मंगलबार सार्वजनिक भएको एक भिडिओमा ओलीले पोलिटब्युरो सदस्य महेश बस्नेतसहित युवा संघका पूर्व र वर्तमान पदाधिकारीहरूसँग सामूहिक भेट गरेको देखिन्छ ।
यो गुण्डुस्थित नयाँ निवासमा पहिलो पटक ठूलो संख्यामा कार्यकर्तामाझ ओली सार्वजनिक भएका हुन् । धेरै कार्यकर्ता एकसाथ गुण्डु पुगेर ओलीसँग भेट गरेका बुझिएको छ । साथै उनीहरू अध्यक्ष ओलीसँग सेल्फी खिचेर फर्केका छन् । जेन–जी आन्दोलन चर्किएपछि ओलीले भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि सेनाको हेलिकप्टरमार्फत उनलाई शिवपुरी पुर्याइएको थियो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।



























Discussion about this post