इटहरी । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले तीनजना नयाँ मन्त्रीहरू नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, पूर्वसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वमहान्यायाधिवक्ता ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी सुम्पिएको स्रोतले जानकारी दिएको छ।
तीनै मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
गत सोमबार र मंगलबार ‘जेन जेड’ पुस्ताका युवाहरूले काठमाडौँसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनहरू हिंसात्मक बन्दा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिको राजनीतिक सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।



























Discussion about this post