इटहरी डेस्क । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी भएको छ ।सो समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ।
यसअघि राज्य व्यवस्था समितिका सभापति खतिवडा कुलिङ अफ रिरियड प्रकरणमा विवादमा आएपछि राजीनामा दिएका थिए ।खतिवडालाई सभापति चयन गर्न संसदीय समितिका बैठक आज बस्दैछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शुक्रबार साँझ पाँच ३ बजे बस्नेगरी बैठक निर्धारण भएको छ। समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।



























Discussion about this post