थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । प्रधानमन्त्री ओली चीनले बेइजिङमा आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन हुनेछन् ।
फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ।
त्यसअघि चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।



























Discussion about this post