काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले उखु किसानको पैसा दिन सरकारलाई आग्रह गरेका छन् ।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइ ?’ उखु किसान भुक्तानी मागेर काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । नेताहरू माइतीघर जाने गरेको तर, उनीहरूलाई पैसा दिन सरकारलाई दबाव दिनेमा कमैको मात्र ध्यान पुगेको उनले बताएका छन्।



























Discussion about this post