इटहरी । आजदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयलाई विधिवत् रुपमा सञ्चालनमा हुने भएको छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा स्थापित सम्पर्क कार्यालय भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् ।‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा प्रयोग हुने भण्डारीले आफ्नो सम्पर्क कार्यालयको रुपमा उपयोग गर्नेछिन् ।
छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’बनाएको छ । मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए ।
युवा नेता प्रकाश गौतमका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए । यसैगरी मनमोहन अधिकारी, प्रदीप नेपाल र विद्याले पनि मदनको मृत्युपछि ३२ वर्षअघि यही घरमा चुनावी कार्यालय राखेकी थिइन् ।
बिहीबार दिउँसो २ बजे एमाले पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति भण्डारी र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन पश्चात विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



























Discussion about this post