[t4b-ticker]
Saturday, January 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

विराटनगरमा विद्यादेवी भण्डारीलाई भव्य स्वागत : म एमाले कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २, २०८२ मा प्रकाशित
✅ राजनीति
विराटनगरमा विद्यादेवी भण्डारीलाई भव्य स्वागत : म एमाले कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन
26
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पूर्व राष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । एमाले नेता तथा कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, एमाले नेता विनोद ढकाल, कोशी प्रदेशकी राज्यमन्त्री रहेकी सिर्जना राईसहित प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरु स्वागतका लागि विमानस्थल पुगेका थिए । सयौं एमाले नेता तथा कार्यकर्ताले विमानस्थल बाहिर लाइन लागेर उनलाई स्वागत गरेका थिए ।

याे पनिपढ्नुहाेस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

पूर्व राष्ट्रपति भण्डारी विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यहाँ गएकी हुन् । साढे १२ बजे सौर्य एयरबाट विराटनगर ओर्लिंदा उनको भव्य स्वागत भएको हो ।

‘म एमाले कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन’
पूर्व राष्ट्रपति भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता रहेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने स्पष्ट पारेकी छन् ।

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो । म नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो ।’

राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उनले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गरिन् । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भन्दै उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो । यो आवधिक हुन्छ । जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सक्छन् ।’

गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ । सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन् ।

‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि । कमिटीमा बस्नेहरूलाई थाहा होला ।’ उनले आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पारिन् ।

भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । उनले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्ने समेत बताएकी थिइन् । त्यसलगत्तै बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले उनको नविकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो ।

उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आएकी छन् । भण्डारीले आफ्नो सदस्यता पार्टीको बिधान र प्रक्रिया अनुसार नविकरण भइसकेकको जिकिर गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनको भनाइ छ ।

आफू आलोचनाभन्दा मुक्त नरहेको भन्दै उनले गुट चलाएको आरोपको प्रतिवाद गरेकी छन् । ‘मलाई गुट चलाउन आउँदै आउँदैन’ उनले भनिन्, ‘मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्नु होला ।’

कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई लिएर सोधिएको प्रश्नमा भण्डारीले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताइन् । ‘शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ पनि मोरङ विराटनगरकै हो । हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो’ उनले भनिन्, ‘त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ ।’

वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने बताएकी छन् । तर, त्यसलाई बलियो रूपमा नदेखेको उनको भनाइ छ । ‘सम्भावनै छैन भनेर मैले भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ’ उनले भनिन् ।

सम्बन्धित-समाचार

देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्
राजनीति

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसलाई सबै पक्षले स्वीकार गरेर...

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने
BANNER

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ।शनिबार बिहान पार्टी...

ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेसको निर्णय- देउवाको योगदानको उच्च मूल्यांकन, अब अभिभावकीय भूमिका रहने विश्वास

कांग्रेसको निर्णय- देउवाको योगदानको उच्च मूल्यांकन, अब अभिभावकीय भूमिका रहने विश्वास

माघ ३, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु

आधिकारिता प्राप्तिपछि गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक आज बस्दै

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

देउवा पक्षधर सानेपामा भेला हुँदा शेखर समूहको छुट्टै छलफल

माघ ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष