इटहरी । कुनै पनि क्षेत्रमा ३३ प्रतिशत कोटा सुनिश्चित भएको महिलाको आउने प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी भने कति रह्यो भन्ने जिज्ञासा सबैमा छ । ठुला देखि साना पार्टी सम्मले महिलाको उम्मेदवारीलाई प्राथमिकतामा राखेको पाइँदैन । निर्वाचन आयोगको तथ्याङ्क हेर्दा सबैभन्दा ठुलो सङ्ख्यामा महिलाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्, दलबाट स्वतन्त्र रहँदै १५७ जना महिलाले उमेदावरी दर्ता गराएका छन् ।
पार्टीगत हिसाबले सबैभन्दा ठुलो सङ्ख्यामा महिलालाई उम्मेदवार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) देखिएको छ । नेमकिपाबाट ५४ जना महिलाले उम्मेदवारी दिएका छन् ।दोस्रो ठुलो सङ्ख्यामा महिला उम्मेदवार आमजनता पार्टीका छन् । आमजनता पार्टीका २५ जना महिलाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना महिलालाई उम्मेदवार बनाएको छ ।
यस्तै, मंगोल नेशनल अर्गनाईजेशनका १५, नेपाली कम्युनिस्ट पार्टीका १२, नेपाली कांग्रेसका ११, नेकपा एमालेका १०, राष्ट्रिय जनमोर्चाका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ८, जनता समाजवादी पार्टी, नेपालका ८, श्रम संस्कृति पार्टीका ७ र उज्यालो नेपाल पार्टीका ६ जना महिलाले उम्मेदवारी दिएका छन् । बाँकी उम्मेदवारी अन्य दलहरूबाट परेको छ ।
प्रतिनिधिसभा सदस्य बन्ने आकांक्षा राख्दै महिला उम्मेदवारहरुमा २५ वर्षे जेनजी युवतीदेखि ८२ वर्षे अनुभवी महिलासम्म चुनावी मैदानमा होमिएका छन् ।निर्वाचन आयोगद्वारा सार्वजनिक उम्मेदवार विवरणअनुसार सांसद बन्न चाहने सबैभन्दा ठुलो संख्या ४५ वर्षका महिलाको छ । ४५ वर्षका २१ जना महिलाले प्रतिनिधिसभा सदस्य फरक–फरक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
जेनजी अर्थात् २५ देखि २९ वर्षसम्मका २३ जना महिला आकांक्षी देखिएका छन् । उमेरका हिसाबले सबैभन्दा ठुलो सङ्ख्यामा उम्मेदवारी दिने महिलामा क्रमशः ४२ वर्षका २० जना, ४४ वर्षका २० जना, ३९ वर्षका १७ जना, ४७ वर्षका १७ जना, ५० वर्षका १७ जना, ३८ वर्षका १६ जना र ४० वर्षका १६ जना छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २५ वर्षका ४ जना, २६ वर्षका ३ जना, २७ वर्षका २ जना, २८ वर्षका ५ जना, २९ वर्षका ९ जना, ३० वर्षका ९ जना, ३१ वर्ष ७ जना, ३२ वर्षका ५ जना, ३३ वर्षका २ जना, ३४ वर्षका १४ जना, ३५ वर्षका ७ जना छन् ।त्यसैगरी ३६ वर्षका १४ जना, ३७ वर्षका १५ जना, ३८ वर्षका १६ जना, ३९ वर्षका १७ जना, ४० वर्षका १६ जना, ४१ वर्षका १४ जना, ४२ वर्षका २० जना, ४३ वर्षका १५ जना, ४४ वर्षका २० जना र ४५ वर्षका २१ जना महिला छन् ।
यस्तै, ४६ वर्षका ९ जना, ४७ वर्षका १७ जना, ४८ वर्ष १० जना, ४९ वर्षका १० जना, ५० वर्षका १७ जना, ५१ वर्षका ११ जना, ५२ वर्षका ९ जना, ५३ वर्षका १० जना, ५४ वर्षका १५ जना, ५५ वर्षका ६ जना, ५६ वर्षका ५ जना छन् ।त्यसैगरी ५७ वर्षका ८ जना, ५८ वर्षका ६ जना, ५९ वर्षका १ जना, ६० वर्षका ३ जना, ६१ वर्षका ४ जना, ६२ वर्षका १, ६३ वर्ष ५ जना, ६४ वर्षका १ जना, ६५ वर्षका ३ जना, ६६ वर्षका १ जना, ६८ वर्षका १ जना र ८२ वर्षका १ जना महिलाले उम्मेदवारी दिएका छन् ।
यस्तै, उमेर समूह अन्तर्ग २५ देखि ३० वर्षसम्मे उमेर समूहमा ३२ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ११२ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १५३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ७४ जना, ६१ देखि ७० वर्ष उमेरसमूहका १६ जना र ८० देखि ८५ वर्ष उमेर समूहका एक जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । ७१ देखि ८० वर्ष उमेर समूहमा एउटा पनि उम्मेदवारी परेको देखिँदैन ।

























Discussion about this post