काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको उपचारका क्रममा यही जनवरी १० मा मृत्यू भएको हो। नेपालबाट रोमानिया आएका गोपाल २०२५ अप्रिल १६ देखि पोल्यान्डमा थिए।
पोल्यान्डको क्राको सहरस्थित ग्रान्ड प्लस एजेन्सीमा उनी फलफूल तथा हरियो सागपात प्याकेजिङ गर्ने वेयर हाउसको काम गर्थे।उच्च रक्तचापका बिरामी गोपाललई गत अगस्टमा अचानक मस्तिष्काघात भएको थियो।
त्यसपछि एसडब्ल्यू आग्नेय मेखोवे अस्पतालमा भर्ना गरिएका उनको एक साताअघि मृत्यु भएको सँगै काम गर्ने गोपालका भतिज दिनेश लिम्बू शेर्माले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार कोमामा रहेकै अवस्थामा गोपालको मृत्यु भएको हो।
यसैबिच गोपालका छोरा किरण लिम्बूले आफ्नो आमासमेत मिर्गौला सम्बन्धी रोगबाट पीडित भएको र आर्थिक अवस्था अत्यन्त दयनीय भएको भन्दै बुवाको शव नेपाल लान पोल्यान्डका संघसंस्था तथा नेपाली समुदायसँग सहयोगको याचना गरेका छन्।
‘गोपालको शव नेपाल पठाउन सम्बन्धित कम्पनीसँग छलफल भएको छ। अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल पठाउने तयारी भइरहेको छ’, वारसाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा बोधराज सुवेदीले बताए ।

























Discussion about this post