एथलेटिक्स टोली आज भारत जाँदै
- चैत्र ८, २०७८ मा प्रकाशित
काठमाडौं: दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।
१२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३-३ तथा जुनियरमा ३-३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।
सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन् । उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन् । खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन् । पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ ।
अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुरले सोमबार नै एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments