झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फाल्गुन २६, २०७८ मा प्रकाशित
काठमाडौं: झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो ।
एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments