•  ८ मंसिर २०८१, शनिबार
  •  10:28:31 PM

एमसीसीकाे साइड इफेक्ट : माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे

- फाल्गुन २५, २०७८ मा प्रकाशित



महोत्तरी: माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्।

एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् । 

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र  वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

एमसीसीकाे विपक्षमा रहेकाे माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएकाे थियाे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीकाे एउटा खेमा विराेधमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर