जसले मसुहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्
- फाल्गुन २४, २०७८ मा प्रकाशित
सप्तरी: समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चाैधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।
उनले ती आफ्नी छोरी संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।
छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीकाे लालनपाेषण गरेकाे उनले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,´सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री बनाउन सक्नुहुन्थ्याे । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयाे ।’
चाैधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेकाे र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments