इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नयाँ निर्माणाधीन घरलाई ‘कुटी’ भनिएको भन्दै व्यंग्य गरेका छन् ।भक्तपुरको गुण्डुमा केही दिनअघि ओलीपत्नी राधिका शाक्यले आफ्नो घरको शिलान्यास गरेकी थिइन् ।
शिलान्या हुँदै गरेको फोटो र नयाँ बन्न लागेको घरको नक्सा राखेर एमाले नेता महेश बस्नेतले ‘ओलीकुटी’ को निर्माण सुरु भएको जानकारी दिएका थिए ।भव्य महललाई कुटी भनिएको भन्दै सामाजिक सञ्जालमा यसबारे निकै चर्चा भएको थियो । सोही विषयमा मन्त्री पुनले पनि व्यंग्य गरेका हुन् ।
उनले दुई जना बस्ने कुटीको नक्सा बनाउनुपर्नेमा दरबारको नक्सा बनाइदिएको भन्दै इन्जिनियरलाई कारबाही गर्नुपर्ने ठट्टा पनि गरेका छन् ।मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले ? कहाँ सम्मको लापरवाही हो यो ?’


























Discussion about this post