•  ८ मंसिर २०८१, शनिबार
  •  5:18:17 PM

कांग्रेस र माओवादी केन्द्र छोडेर १०२ जना एमालेमा प्रवेश

- फाल्गुन २१, २०७८ मा प्रकाशित



इटहरीः राष्ट्रिय युवा संघ नेपाल इटहरी–२ नम्बर वडा कमिटी गठन गर्नेक्रममा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी १०२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरीले कमिटि विस्तार तीव्र रूपमा अघि बढ़ाइरहेको छ । सबै पालिकास्तरीय र वडा तथा टोल कमिटी गठन पुनर्गठन गर्ने काम तीव्र रूपमा गरिरहेको सुनसरी जिल्ला अध्यक्षले बताए ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरीले वैशाख ३० गते तोकिएको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आफ्नो सबै पालिका र वडामा कमिटी विस्तारलाई तीव्र परेको राष्ट्रीय युवा संघ नेपाल सह–सचिव एवं प्रचार–प्रसार संयोजक सुनील कार्कीले बताए ।

Comments

सम्बन्धित खवर