इटहरी । नेपाली काँग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ।
काँग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो एकै पटक लगाउने तयारी गरेको छ।


























Discussion about this post