इटहरी । बुलेट बाबाको उपनामले प्रख्यात धार्मिक गुरू श्री १०८ नारायणदास नागाजी महाराजलाई इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश समितिले सोमबार भव्य स्वागत–सम्मान गरेको छ।समितिकी कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेललगायतले धार्मिक गुरू बुलेट बाबालाई स्वागत–सम्मान गर्नुभएको हो। बाबाले त्रिनेत्रको परिकल्पनामा स्थापित १०८ शिवलिङ्गको दर्शन तथा अवलोकन पनि गर्नुभएको थियो।
धार्मिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा सहित दिन–दुखीहरूलाई गरेको सेवाप्रति प्रेरित भई केन्द्रले सम्मानपत्रद्वारा धार्मिक गुरू बुलेट बाबालाई सम्मान व्यक्त गरिएको थियो। सम्मान ग्रहण गर्दै गुरूले कोशी प्रदेशको इटहरीलाई धार्मिक–पर्यटकीय क्षेत्र बनाउन त्रिनेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफ्ना व्यक्तिगत र सामाजिक क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
सँगै बाबाले इटहरी–२ कै माया घर नेपालको पनि अवलोकन गर्नुभएको थियो। माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेलले संस्थाको वर्तमान अवस्था, भावी योजना र भोग्दै आएको चुनौतीबारे जानकारी दिनुभएको थियो। गुरू बुलेट बाबाले सडकमा बेवारिसे भएकाहरुलाई स्नेहरूपी उद्धार गरी व्यवस्थापन तथा पुनःस्थापनामा माया घर नेपालले गरेको योगदानको प्रशंसा गरेका थिए।



























Discussion about this post