इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा आयोजित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ। मङ्गलबार केन्द्रको कोशी प्रदेश कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सहितकाे आय–व्यय सार्वजनिक सार्वजनिक गरिएकाे हाे ।
केन्द्रको आयोजना तथा केन्द्रीय समितिको अभिभावकत्वमा माया घर नेपाल नजिकै निर्माण गरिएको १०८ शिवलिङ्ग र प्राण प्रतिष्ठा समारोहसँगै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म साताव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ, सवा ११ लाख दियो प्रज्वलन, विशेष शंखघोषलगायतका विभिन्न धार्मिक कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमअन्तर्गत १०८ शिवलिङ्ग निर्माण, भूमिदान तथा पूर्वाधार शीर्षकमा रु ४५,९४,३०४ आम्दानी भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। त्यस्तै शिवलिङ्ग, घण्ट, नन्दी, हनुमान, शिव मूर्ति, आसन, रुद्राक्ष शिवलिङ्ग तथा ९ मिटर अग्लो त्रिशुल निर्माणमा रु ४६,३१,०४० खर्च भएको बताइयो।
असारदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा अन्य अनुष्ठानमा रु २३,१८,१३३ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयाे । त्यसैगरी चतुर्मास यज्ञमा रु २,७१,४०५ संकलन हुँदा रु ६,३१,५४१ खर्च भएको जनाइयाे ।
१०८ शिवलिङ्ग निर्माण, भूमिदान तथा पूर्वाधारतर्फ रु ४५,९४,३०४, र सप्ताह ज्ञान महायज्ञबाट रु ९,५१,०५९ आम्दानी भई कुल आम्दानी रु ५८,१६,७८९ पुगेको केन्द्रले जनाएको छ।
समग्रमा रु ७५,८०,७१४ खर्च भइसकेकाले बाँकी रकम कोशी प्रदेश सरकार तथा इटहरी उप–महानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिने १०८ शिवलिंग निर्माण समिती संयाेजक बाबुराम सुवेदिले जानकारी दिए । निर्माणाधीन ९ मिटर अग्लो त्रिशुल आगामी शिवरात्रिमा विशेष कार्यक्रमसहित स्थापना गरिने समेत उल्लेख गरियो। त्यस्तै यज्ञ समापन पश्चात कुल ६१ हजार ३३३ माया घर नेपाललाइ सहयाेग स्वाेरूप प्रदान गरिएकाे पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
यस्तै, मंसिर ३ गते बालाचतुर्दशीका अवसरमा सतबीज छर्ने कार्यक्रम सञ्चालन हुने र त्यसअगाडि मंसिर २ गते दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशका अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला, १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदी, केन्द्रकी उपाध्यक्ष कमला खड्का, हिरा आचार्यसहित अन्यकाे उपस्थिती रहेकाे थियाे ।
प्रेस बिज्ञप्ती जस्ताकाे तस्तै
आदरणीय उपस्थित महानुभाव एवम् पत्रकार मित्रहरु
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजना तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र केन्द्रीय समितिको अभिभावकत्व साथै स्थानीय एवम् कोशी प्रदेश सरकारको सहभागीतामा इटहरी–२, सुनसरीस्थित माया घर नेपालको समिपमा १०८ शिव लिङ्ग स्थापना गरिएको यहाँहरुलाई सर्वविदितै छ । भक्तपुरमा बनेको नेपालीपन झल्किने कलात्मक इटाको आसन र नेपालकै शिलाबाट निर्मित १०८ शिव लिङ्ग स्थापना एवम् प्राण प्रतिष्ठा कार्यक्रम मिति २०८१ कात्र्तिक १४ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रम गरि सम्पन्न गरियो । धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित असार शुक्ल पुर्णिमादेखि कात्र्तिक शुक्ल पुर्णिमा सम्म नियमित रुपमा चतुर्मास महायज्ञ एवम् पाठ पारायण सञ्चालन गरि सो अनुष्ठानको समापनका अवसरमा सात दिनसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ, सवा ११ लाख दिप प्रज्वलन एवम् विशेष शंखघोष गरी यज्ञ सम्पन्न भएको छ । यस अभियानमा साथ दिदै नियमित रुपमा समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरु, सञ्चार माध्यम एवम् यज्ञमा पाठपारायणदेखि कथा वाचन र यज्ञ सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नुहुने गुरु पुरोहित एवम् आर्थिक एवम् भौतिक रुपमा सहभागिता जनाउनुहुने सम्पूर्ण संघ संस्था, स्थानीयवासी, स्थानीय सरकार, विभिन्न उप–समिति कोशी प्रदेश सरकार लगायत सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
उपस्थित महानुभावहरु
यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अनुसार कोशी प्रदेश सरकार एवम् पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वय एवम् इटहरी उप–महानगरपालिकाको साझेदारीमा कार्यक्रम सम्पन्न भएको यहाँहरुलाई जानकारी गराउँदछौं । समिपमा रहेको माया घर नेपाललाई समेत सहयोग पु¥याउने उदेश्यले स्थापना भएको १०८ शिव लिङ्ग निर्माणसँगै यहाँ आउने भक्तजनहरुले माया घर नेपालको अवलोकन समेत गराउने संस्थाको मुख्य उदेश्य रहेको छ । आन्तरिक पर्यटक आगमनको सम्भावना रहेको यस क्षेत्रमा माया घर नेपाल सँगै नेपाल शेर्पा संघ, धनकुटा इटहरी सम्पर्क समाज, सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) सामुदायिक भवन, विष्णु पाञ्चायन मन्दिर, दाहाल प्रतिष्ठान एवम् श्री कुष्माखर सुवेदी कुल संरक्षण समिति लगायतका संस्था रहेका छन् । आन्तरिक तथा वाह्य धार्मिक पर्यटकलाई आकर्षण गराउने उदेश्यले २०८२ भदौ १९ गते शिलान्यास भई दुई महिनाको बीचमा १०८ शिव लिङ्ग स्थापना गर्न सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छौं ।
उपस्थित महानुभाव एवम् पत्रकार मित्रहरु
अव यस कार्यक्रमको आय व्यय सम्वन्धी जानकारी चाहन्छौं । भूमिदान सहित एक थान शिव लिङ्ग दान गर्ने दाताबाट ३३३३३।– (अक्षरेपि तेत्तीस हजार तीन सय तेत्तीस रुपैयााँ)को लागतमा निर्माण गर्ने लक्ष्य राखिए अनुसार यस संस्थाले छोटो अवधिमा पौने दश धुर जग्गा खरिद गर्नुका साथै आकर्षक आसनमा नेपालमै बनेको कलात्मक इटा र नेपालकै कालीगण्डकी क्षेत्रका शिलाबाट निर्मित शिव लिङ्ग स्थापना गर्न सफलभएकाछौं । सो कार्यको लागि समन्वय गर्नुहुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका पिठाधिस÷ संरक्षक महेश्वरानन्द केशर पुरी महाराज सहित केन्द्रीय समिति एवम् वाग्मती प्रदेश समिति, नवलपरासी समिति सबैमा धन्यवाद दिन चाहन्छौं ।
यस कार्यक्रममा भूमिदान सहित शिव लिङ्ग दान र पूर्वाधार तर्फ घण्ट, नन्दी, हनुमान, शिवजीको मूर्ति, एवम् आसन, रुद्राक्षबाट निर्मित शिव लिङ्ग, ९ मिटर अग्लो त्रिशुल निर्माणमारु ४६३१०४०(अक्षेरेपि छयालिस लाख एकत्तिस हजार चालिस रुपैयाँ) खर्च भएको छ । यज्ञ तर्फ असार महिना देखि कात्र्तिक २१ गते सम्म रु २३,१८,१३३।–(अक्षरेपि तेइस लाख अठार हजार एक सय तेत्तीस रुपैयाँ) खर्च भएको छ । यसै गरी असार देखि कात्र्तिक महिना सम्म (चार महिना) सञ्चालित चतुर्मास यज्ञमा रु ६,३१,५४१ (अक्षरेपि छ लाख एकत्तिस हजार पाँच सय एक चालिस रुपैयाँ) खर्च भएको छ भने २,७१,४०५।– अक्षरेपि दुई लाख एकहत्तर हजार चार सय पाँच रुपैयाँ संकलन भएको छ । यसै गरी १०८ शिव लिङ्ग निर्माण तथा भूमिदान लगायत पूर्वाधारमा रु ४५,९४,३०४।– (अक्षरेपि पैतालिस लाख चौरानब्बे हजार तीन सय चार रुपैयाँ आम्दानी भएको छ । यस्तै सप्ताह ज्ञान महायज्ञ तर्फ ९,५१,०५९।– (अक्षरेपि नौलाख एकाउन्न हजार उनन्साठ्ठी रुपैयाँ आम्दानी भएको छ ।
समग्रमा १०८ शिव लिङ्ग निर्माण, चतुर्मास यज्ञ तथा सप्ताह जीवन दर्शन यज्ञबाट कुल आम्दानी रु ५८,१६,७८९।– अक्षरेपि अन्ठाउन्न लाख सोह्रहजार सात सय उनान्नबे रुपैयाँ) आम्दानी भएको छ । यस्तै खर्च तर्फ रु ७५,८०,७१४ (अक्षरेपि पचहत्तर लाख असी हजार सात सय चौध रुपैयाँ खर्च भएको छ । कार्यक्रममा अपुग रकम कोशी प्रदेश सरकार, इटहरी उप–महानगरपालिकाको समन्वय रहने जानकारी
गराउँदछौं । साथै शिलास्तम्भ तथा कम्पाउण्डको कार्य अत्यावश्यक भएकोले सो कार्य पनि अघि बढाउने तयारी रहेको जानकारी गराउँदछौं । वोलकवोल गरिएको केही रकम दाता महानुभावहरुबाट उपलब्ध हुने क्रममा रहेको पनि जानकारी गराउन चाहन्छौं ।
उपश्थित महानुभावहरु
यस मध्ये त्रिशुल निर्माणाधिन अवस्थामा भएकोले आउँदो शिवरात्रीका अवसरमा विशेष कार्यक्रम गरी स्थापना गरिने पनि जानकारी गराउन चाहन्छौं । शिव लिङ्गको पश्चिम तर्फ आकर्षक शिला स्तम्भ, कम्पाउण्ड वाल, प्रवेशद्वार निर्माण, शिव मुर्तिको विशेष आसनको कार्य अघि बढेको जानकारी गराउन चाहन्छौं । पूर्वाधार निर्माणमा समेत दाता महानुभावहरु समक्ष सहभागिता जनाउनुहुन अनुरोध गर्दछौं । साथै २०८२ साल मंसिर ३ गते हुने बालाचतुर्दशीका अवसरमा सतबीज छर्ने कार्याको लागि अघिल्लो दिन मंसिर २ गते (आज) राती दिप प्रज्वलन गर्ने गरीको सार्वजनिक कार्यक्रम आयोजना गरिएको पनि जानकारी गराउँदछौं ।
अन्त्यमा यस महायज्ञ तथा १०८ शिव लिङ्ग निर्माणमा सहभागिता जनाउनुहुने सम्र्पुण सञ्चारकर्मी, सञ्चार माध्यम, धार्मिक तथा सामाजिक संस्था, दाता, अतिथि, गुरुहरु एवम् विभिन्न उप समिति, इटहरी उपमहानगरपालिकासहित पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, त्रिनेत्र केन्द्रीय समिति लगायतमा हार्दिक आभार प्रकट गर्दछौं । धन्यवाद ।
२०८२ मंसिर २ गते मंगलबार । स्थानः त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश कार्यालय इटहरी २ सुनसरी ।


























Discussion about this post