काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाई आउन सक्ने आकलन गरेकी छन् ।ओलीको नाम नलिई उनले झापामा यति बेला पुराना नेताको शक्तिमा ह्रास आएको भन्दै व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईं शक्तिमा आउन सक्ने लख काटिन् ।
शुक्रबार सम्पादकहरुसँग तीन घण्टा भन्दा बढी संवाद गर्दै कार्कीले भनिन्, ‘आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी । अराजक कुरा गर्न पाइँदैन । तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन् । भव्य समूह छ उनको भन्ने सुन्दैछु । समर्थकहरू पनि तयार भएका देखिन्छन् । झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ । उनले चुनाव जित्न पनि सक्छन् ।’
७ मंसिरदेखि प्रसाईले आन्दोलन घोषणा गर्छु भने पनि संविधानत: उनले गतिविधि गर्न पाउने, पहिलेझैं हातहतियार लिएर हिँडे मुलुकी अपराध संहिता अन्तर्गत प्रसाईलाई कारबाही गरिने कार्कीले भनिन् ।



























Discussion about this post