इटहरी डेस्क । जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरेर चर्चामा आएका धादिङका यमबहादुर कंडेलल मलेसियामा कमाएको पैसा बचत नगरेको झोंकमा आमाको हत्या गरेको बयान दिएका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का २७ वर्षीय कँडेल असोज १९ गते राति साढे ८ बजेतिर ५५ वर्षीय आमा राममाया कँडेललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
आमाको घाँटी काटेर टाउको फालिदिएका उनले बुबा गोपबहादुर कँडेललाई पनि कुटपिट गरेका थिए।
प्रहरीले उनलाई त्यसैदिन पक्राउ गरेर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको थियो । बुधबार जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कँडेलले मलेसियामा रोजगारी गर्दा कमाएको रकम घरमा आमा बुबालाई पठाएको तर उनीहरुले बचत नगरिदिएका कारण मनमुटाव सुरु भएको बयान दिएका छन्।
पछिल्लो समय भने उनी काठमाडौँमा पठाओ (राइड सेयरिङ) चलाउँदै आएका थिए। ट्रेकिङ गाइडको पनि काम गर्ने गरेको उनले बयानमा बताएका छन्।
आफूले कमाएको रकमले आफ्नै खर्च ठिक्क हुने र बचत नहुने गरेको तर आमाबुबाले दाइहरुले कमाएको आफूले केही गर्न नसकेको भन्दै पटक पटक हेलाहोचो गरेको पनि उनको बयान छ।
भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनका क्रममा सुरक्षाकर्मीसँग जंगिँदै कंडेलले विवाद गरेको भिडिओ भाइरल भएको थियो। हातमा हेलमेट बोकेका कँडेलले प्रहरीलाई ‘सक्नुहुन्छ भने गोली हान्नु न सर, म डराएको छु ? हेर्नु त मेरो आँखामा डर छ ?’ भन्दै विवाद गरेका थिए।



























Discussion about this post