[t4b-ticker]
Thursday, January 22, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

बालुवाटार बैठक : दलसँग जेनजीको मन माझामाझ, कसले के भने ?

‘भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु’

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
कार्तिक १३, २०८२ मा प्रकाशित
✅ समाचार
बालुवाटार बैठक : दलसँग जेनजीको मन माझामाझ, कसले के भने ?
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको डेठ महिना बितेपछि पहिलो पटक राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल भयो । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बुधबार बालुवाटारमा छलफल भएको हो ।

छलफलले लामो समयदेखि दूरी बनाएका दल र जेनजीबीच मन माझामाझ भएको छ भने निर्वाचनको वातावरण बनेको सरकारको बुझाई छ ।

याे पनिपढ्नुहाेस्

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

बैठकमा नेकपा (एमाले) बाहेक सबै दल चुनावमा जान तयार भएको सन्देश दिएका थिए । उनीहरूमा चुनावप्रति संशय देखिन्छ । जेनजी प्रतिनिधिहरू समेत चुनावका लागि तयार देखिएका छन् । यद्यपी उनीहरूका एजेन्डा फरक छन् ।

नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक भएको स्पष्ट पारेको छ तर, चुनावका लागि तयार रहेको जनाएको छ । माओवादी र रास्वपा चुनावमै केन्द्रित हुन चाहेको बताएका छन् ।

राजावादी पार्टी राप्रपाले भने पूर्वराजा, दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय सहमतिमा जोड दिएको छ ।

कसले के भने ?
करिब ५ घण्टा चलेको बैठकमा सबै दलका प्रतिनिधि र जेनजीका तर्फबाट १६ जनाले धारणा राखेका थिए। त्यस क्रममा मिराज ढुंगानाबाहेक सबै जेनजी प्रतिनिधि चुनावकै पक्षमा देखिए।

छलफलमा जेनजी प्रतिनिधि बनेर मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अभिशेष श्रेष्ठ, रेहनराज डंगोल, अमित खनाल, रिजन रानामगर र सागर ढकाल पुगेका थिए । उनीहरूले पालैपालो आफ्ना कुरा राखे ।

अभिशेष श्रेष्ठ, रक्षा बम र जेम्स कार्कीले आफूहरूको आन्दोलनको मुख्य माग सुशासन भएकोले सरकारले भ्रष्टाचारविरुद्धको कारबाही समेत अगाडि बढाउनुपर्ने आग्रह गरे ।

मिराज ढुंगानाले आफ्ना सात बुँदे माग रहेको स्पष्ट पार्दै ति माग पूरा नभए चुनावमा जान नसकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विदेशमा रहेकालाई मताधिकार, सरकारको स्थायीत्व, प्रदेश सभा भंग, जेनजी आन्दोलनलाई राजनीतिक जनआन्दोलन घोषित हुनुपर्ने, सहीद र घाइतेको सही व्यवस्थापन गर्नुपर्ने तथा २३ र २४ भदौको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाई थियो ।

मिराजले चुनाव हुन नसक्ने बताएपछि जेनजी प्रतिनिधिहरूले नै त्यसको प्रतिवाद गरेका थिए । मिरजपछि बोलेका उपार्जुन चाम्लिङले भने, ‘केही साथीहरूले चुनावमा जान सकिँदैन भन्नुभयो, त्यो हाम्रो साझा कुरा होइन । हामी भन्छौं– चुनाव, चुनाव, चुनाव ।’

त्रिपक्षीय बैठकमा त्यसपछि दलका नेता बोलेका थिए।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताए।

‘कांग्रेस संसद् पुनर्स्थापना हुनैपर्छ भनेर अडिग रहेन,’ जसपा नेपालका नेता प्रकाश अधिकारीले सुनाए, ‘भएको परिवर्तनलाई कसरी कानुनी रूपमा मिलाउनेरु के(केमा सहमतिमा गर्ने हो, त्यो पनि गरौँ भन्ने कांग्रेसको प्रस्ताव थियो।’

बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले जेनजीले उठाएको माग सम्बोधन गर्ने दिशामा अघि बढे मात्र नेपाली समाज अग्रगमनको दिशातर्फ जाने तर्क गरे।

‘अहिले चुनाव गर्नुपर्छ, सबै पार्टी चुनावमै जानुपर्छ,’ उनले भने, ‘सरकारले प्रतिबद्धता देखाउनुपर्‍यो। सबै पार्टी र जेनजीले सहमति गर्नुपर्‍यो। सरकारले भयरहित निष्पष्क्ष चुनाव गर्ने ग्यारेन्टी गर्नुपर्‍यो। जेलबाट भागेका कैदी फिर्ता ल्याएँ भन्न सक्नुपर्‍यो। लुटिएका हतियार फिर्ता गरेँ भन्नुपर्‍यो, प्रहरीको मनोवल उठाउनुपर्‍यो, सबै काम गरिदिनुपर्‍यो यसो भएपछि चुनाव हुन्छ, गर्न सकिन्छ। चुनाव भएन भने देश ठूलो संकटमा जान्छ। अहिले कसैले यताउता कुरा नगरौँ, चुनाव गराउन यो सरकारलाई सफल पारौँ।’

एमालेका नेता महेश बर्तौलाले कार्की नेतृत्वको सरकार चुनाव गराउन सक्षम नभएको दाबी गरे।

‘अहिलेको समस्याको समाधान यो सरकारले गर्न सक्तैन। सरकारको मेन्यूमा निर्वाचन भन्ने नै छैन। त्यसकारण सरकारले निर्वाचन गर्दैन,’ उनले भने, ‘फागुन २१ पछि मुलुक भयानक संकटको दिशातर्फ जानसक्ने खतरा सरकारकै क्रियाकलाप र व्यवहारबाट प्रस्टै देखिन्छ। हामीले अहिलेको समग्र राजनीतिक समस्याको हल राजनीतिक अन्तर(विरोधको समाधान र अहिले सतहमा देखिएका कैयौँ विषयहरूको दीर्घकालीन समाधान गर्ने एउटै आधार भनेको विघटित प्रतिनिधि सभाको पुनर्स्थापना हो।’
तर, चुनावबाट एमाले नभाग्ने पनि उनले बताए।

रास्वपाकी नेता निशा डाँगीले चुनाव गराउनुपर्ने धारणा राखेको बताइन्। तर, चुनावभन्दा अगाडि एउटा सहमति गर्न आवश्यक रहेको कुरा उनले उठाइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने अडान राखेको छ।

राप्रपाका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले ७ बुँदे धारणा राखे।

‘यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने हाम्रो प्रस्ताव छ’ उनले भने, ‘जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्दाहरू, संविधान संशोधन र सुशासनसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ।’

जनता समाजवादी पार्टी (जसपा), नेपालले पनि चुनावमै जानुपर्ने मत राखेको नेता प्रकाश अधिकारीले जानकारी दिए।

सबैका कुरा सुनेपछि प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै चुनाव गराउन सरकार तयार रहेको अडान प्रस्तुत गर्दै निर्धक्कसँग तयारीमा लाग्न राजनीतिक दल र जेनजी प्रतिनिधिलाई आग्रह गरिन्।

‘सरकार चुनाव गराउन लागिपरेका छौँ, यसमा सबै सहभागी बनौँ, त्यसका लागि केन्द्रीत बनौँ, शान्ति सुरक्षाको व्यवस्था पनि गरिन्छ,’ कार्कीले प्रतिबद्धता जनाउँदै भनिन्, ‘बाहिर पुगेको हतियार ल्याइसक्छौँ, कैदीहरू सबै समात्छौँ, फरार कैदी समात्ने प्रक्रिया सुरु भएको छ, कति समातिएका छन्, बाँकी समात्छौँ।’

प्रधानमन्त्री कार्कीले आफू लडाकु स्वभावको मानिस भएको सुनाउँदै आँटेका काम पूरा गरेरै छाड्ने दाबी गरिन्।

‘म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्‍याउँछौँ’, उनले भनिन्, ‘अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिइसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।’

सम्बन्धित-समाचार

मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय
समाचार

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ...

बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो
समाचार

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २९ सय...

कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

माघ ८, २०८२ मा प्रकाशित
निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

माघ ७, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

माघ ७, २०८२ मा प्रकाशित
गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

माघ ८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष