खलङ्गा । बाँफिकोट गाउँपालिका–७ स्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप दुर्घटनामा परेको थियो। यस घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्याउँदा निधन भएको हो ।
मृतकमा आठविसकोट–२ का ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा आठविसकोट–२ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा घाइते भएका छन् । त्यस्तै अन्य घाइतेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेका छन् ।
घाइतेमध्ये नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।


























Discussion about this post