इटहरी । हायात होटल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । होटल बन्दका कारण कर्मचारी प्रवेशमा रोक लगाइएपछि प्रधानमन्त्रीले तत्काल चासो लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
होटल व्यवस्थापनले भने गत कात्तिक २ गते विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटल संरचना क्षतिग्रस्त भएको जनाएको थियो । मर्मत तथा पुनर्निर्माण आवश्यक भएकाले होटल तत्काल सञ्चालन गर्न नसक्ने बताइएको छ।
विज्ञप्तिमा होटलले सम्पूर्ण सेवा र व्यावसायिक गतिविधि अस्थायी रूपमा बन्द गरिएको र मर्मत सम्पन्न नभएसम्म श्रमिकलाई उपस्थित नहुन आग्रह गरिएको उल्लेख छ।
सरकारले आइतबार होटल व्यवस्थापनसँग पुनः छलफल गरी सेवा सञ्चालनका लागि आवश्यक सुरक्षात्मक र प्रशासनिक व्यवस्था मिलाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटल व्यवस्थापनसँग सम्पर्क गरी सरकारले पूर्ण सुरक्षा दिने प्रतिबद्धता जनाएका थिए ।


























Discussion about this post