इटहरी डेस्क । इजरायलमा मारिएका विपिन जोशीको आज (मंगलबार) कञ्चनपुरको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।विहान भीमदत्त नगरपालिका–३ भाँसीस्थित उनको निवासबाट शवयात्रा गरी महाकाली नदीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको हो ।शवयात्रामा सयौंको संख्यामा स्थानीय सहभागी थिए । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिका क्रमममा विपिनको झोला खोलिएको थियो । त्यसमा उनका लत्तापकडासँगै उनले बजाउने गरेको गिटार र ढाकाटोपी भेटिएको छ ।विपिनको सामग्री देखेर शवयात्रामा सहभागीहरू भावविह्ल भएका छन् ।दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए।
हमासले फालेको ग्रिनेड समातेर हमासतिरै फालेका उनलाई सो समूहले बन्धक बनाएर लगेको थियो।घटनास्थलमै १० जना नेपाली विद्यार्थीको ज्यान जाँदा केही विद्यार्थी घाइते भएका थिए। हमासको नियन्त्रणमा रहेका विपिन भने केही दिन अघिसम्म फर्कने आशा गरिएको थियो।इजरायलबाट पठाइएको विपिनको पार्थिव शरीर सोमबार काठमाडौंमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल हुँदै कञ्चनपुर लगिएको हो।
विपिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री सुशीला कार्कीले उनी नेपालीको बहादुर छोरा भएको र उनी हाम्राबीच नरहे पनि नेपालीको मनबाट कहिल्ये नहराउने बताएकी थिइन्।विपिनको परिवारलाई सान्त्वना दिन इजरायली राजदूत उनको घरमै पुगेका छन् ।



























Discussion about this post