•  ८ मंसिर २०८१, शनिबार
  •  8:02:10 PM

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

- फाल्गुन ९, २०७८ मा प्रकाशित



काठमाडौं: आईसीसीले टी-२० क्रिकेटकाे नयाँ वरीयता सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरेकाे वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेकाे हाे । 

भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी-२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ । 

वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर