इटहरी डेस्क । नेपाली कांग्रेस निकट नेविसंघले पार्टी सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेको छ।जेनजी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका हुन्।
साथै, राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले त्यसअघि नै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि उनले राखेका छन्।


























Discussion about this post